images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

ह्याभल र ओआरए ब्रान्डका गाडी खरिद गर्न ग्लोबल आईएमई बैंकले सहुलियत कर्जा दिने

ह्याभल र ओआरए ब्रान्डका गाडी खरिद गर्न ग्लोबल आईएमई बैंकले सहुलियत कर्जा दिने

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • ह्याभल र ओआरए ब्रान्डका गाडी खरिद गर्न ग्लोबल आईएमई बैंकले सहुलियत कर्जा दिने

    ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि (जीडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    images
    images
    images

    उक्त समझदारी अनुसार बैंकले, भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी पावर ब्राण्डका पिकअप तथा ओआरए ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले सहज रुपमा कर्जा प्रदान गर्नेछ।

    नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ।

    उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन्।

    आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ।

    ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार