Sep 08 2024 | २०८१, भदौ २३ गते

श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ : रास्वपा सभापति लामिछाने 

श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ : रास्वपा सभापति लामिछाने 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ : रास्वपा सभापति लामिछाने 

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको र त्यसकाे आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए । 

    images
    images

    लामिछानेले भने, ‘संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।’ उनले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताए । 

    लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताए ।  उनले भने, ‘हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’  

    क्रिकेट रंगशाला बनाउन लाग्नुपर्ने लामिछानेको भनाइ छ । ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन्,’ उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट