Sep 08 2024 | २०८१, भदौ २३ गते

अशोक लेल्यान्डको नयाँ रिटेल पार्टस् आउटलेट सानेपामा

अशोक लेल्यान्डको नयाँ रिटेल पार्टस् आउटलेट सानेपामा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • अशोक लेल्यान्डको नयाँ रिटेल पार्टस् आउटलेट सानेपामा

    काठमाडौं  । परिचित कर्मशियल गाडी ब्राण्ड अशोक लेल्यान्डले विशेष रिटेल पार्टस् आउटलेट ‘सासा अटोमोटीभ’ संचालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान–स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ ।

    images
    images

    ललितपुरको सानेपा खुलेको नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्टस् र एसेसरिजका उपलब्ध हुनेछन् ।

    उक्त आउटलेट एक कार्यक्रमका बीच अशोक लेल्यान्डको सार्क क्षेत्रका इन्टरनेसनल अपरेसन हेड सुजन रोय र नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले संयुक्तरुपमा गरेका थिए ।

    इन्टरनेसनल अपरेसन हेड सुजन रोयले भने, ‘हाम्रा मूल्यवान ग्राहकहरुलाई आईएमई अटोमोटिभ र सासा अटोमोटिभमार्फत जोड्न पाएकोमा खुसी छौ । रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराउन सहयोग गर्नुका आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’

    त्यसैगरी, आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधैँ उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट