Sep 08 2024 | २०८१, भदौ २३ गते

क्यानले बल्ल ल्यायाे चालू वर्षका लागि बजेट

क्यानले बल्ल ल्यायाे चालू वर्षका लागि बजेट

चालु आवमा ३६ अर्ब ६६ करोडको खर्च गर्ने

क्यानले विमानस्थललगायतका हवाई पूर्वाधार निर्माणका लागि १९ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । यस्तै, चालू खर्चतर्फ सात अर्ब र वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड विनियोजन गरिएको छ । ठूला पूर्वाधार आयोजना भैरहवाको गौमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको हुनाले क्यानले बजेट घटाएको हो । 

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • क्यानले बल्ल ल्यायाे चालू वर्षका लागि बजेट

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोडको बजेट ल्याएको छ । हालै बसेको सञ्चालक समिति बैठकले चालू आवका लागि बजेट, नीति तथा कार्यक्रम पास गरेको हो । चालू आर्थिक वर्षको बजेट अघिल्लो आवको भन्दा पाँच अर्ब कम छ ।

    images
    images

    क्यानले विमानस्थललगायतका हवाई पूर्वाधार निर्माणका लागि १९ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । यस्तै, चालू खर्चतर्फ सात अर्ब र वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड विनियोजन गरिएको छ । ठूला पूर्वाधार आयोजना भैरहवाको गौमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको हुनाले क्यानले बजेट घटाएको हो । 

    चालू आर्थिक वर्षमा देशभरका विमानस्थल सञ्चालनबापत १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा क्यानले करिब साढे १३ अर्ब आम्दानी गरेको थियो । दुई ठूला विमानस्थलसमेत सञ्चालनमा आइसकेको हुँदा क्यानले वार्षिक आम्दानी १० प्रतिशतले बढाएर करिब १६ अर्बको लक्ष्य तोकेको हो । बजेटमा कर्मचारीलाई बोनसदेखि सरकारलाई लाभांश वितरण गर्नसम्म रकम विनियोजन गरिएको छ । 

    चालू बजेटमा देशैभरका आन्तरिक विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । नयाँ आयोजना निर्माण थालनीभन्दा पनि निर्माणाधीन अवस्थामा रहेका आयोजनालाई अगाडि बढाउने नीति बजेटले लिएको छ ।क्यानले भरतपुर, नेपालगन्ज, विराटनगर र भोजपुर विमानस्थलको स्तरोन्नति सुरु गरेको छ । भरतपुर, नेपालगन्ज र विराटनगर विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन निर्माण चालू आवमै ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    यस्तै, भरतपुर विमानस्थलमा एटिआर ७२ जहाज अवतरण गर्न सक्ने गरी विस्तारको योजना बजेटमा छ । भरतपुर विमानस्थलमा अहिले एटिआर ४२ जहाज अवतरण गर्न सक्छ । हवाई क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा स्तरोन्नतिको कामलाई तीव्रता दिइने भएको छ ।

    त्रिभुवन विमानस्थलमा भइरहेको पार्किङ एप्रोन, प्यारालल ट्याक्सी वे, ह्यांगर एप्रोन निर्माणलगायत काम तीव्रताका साथ अगाडि बढाउने भनिएको छ । बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पूर्वतयारीका काम र लगानी तथा निर्माण मोडालिटीसम्बन्धी काम टुंग्याउने नीति लिइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्नुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि अवसर र चुनौतीका रूपमा लिएको छ । 

    बजेटले हवाई सुरक्षा अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । जसअन्तर्गत विभिन्न विमानस्थलमा उड्डयन उपकरण, सुरक्षा उपकरण र सञ्चारसम्बन्धी उपकरण जडान गरिनेछ । स्टल उडानमा मौसमी जानकारी गराउने इन–रुट वेदर क्यामेरा जडानदेखि चरा धपाउने उपकरणसमेत राख्ने लक्ष्य लिइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट