Sep 08 2024 | २०८१, भदौ २३ गते

हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँदरको आईपीओ बिक्री खुला

हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँदरको आईपीओ बिक्री खुला

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँदरको आईपीओ बिक्री खुला

    काठमाडौ । हाथवे इन्भेष्टमेन्ट नेपालले ५० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशत आईपीओ भदौ २१ गतेदेखि सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

    images
    images

    बैदेशिक रोजगारमा गएका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । यो समयमा सबै सेयर बिक्री नभएमा असोज ४ गतेसम्म आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    हाथवेको पछिल्लो अडिट गरिएको विवरण अनुसार प्रतिसेयर आम्दानी ९.५६ रुपैयाँ रहेको छ । २०८०/८१ मा ५।७८ रुपैयाँ हुने प्रक्षेपण कमपनीले गरेको छ । कम्पनीको विवरणपत्र अनुसार यसको नेटवर्थ ९५.०९ रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । सेयर निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी एक अर्ब सत्र करोड रुपैयाँ हुनेछ ।

    हाथवेले नेपालको पुँजी बजारको अतिरिक्त जलविद्युत्, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पुँजीको क्षेत्रमा आफ्नो लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ । यस कम्पनीले २०७८ साउन १ गतेदेखि सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडबाट आफ्नो कारोबार गर्दै आएको छ ।

    आईपीओपछि कम्पनीमा संस्थापक हिस्सा ८७.५० प्रतिशत र सर्वसाधारण हिस्सा १२.५० प्रतिशत हुनेछ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा हाथवे इन्भेष्टमेन्टले १३ करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाउने जनाएको छ ।

    रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट