Aug 12 2026 | २०८३, साउन २७ गते

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ सार्वजनिक

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ सार्वजनिक

    हुन्डाई गाडीका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ।

    images

    आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ। यस वर्ष पनि यही परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयूभी लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन्। हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ।

    हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।

    २१ भदौ देखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेेहरुले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन्।

    नाडा अटो शो २०२३ मा हुन्डाईको बी५ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सकिनेछ। सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ। यो योजना मंसिर ३ (छठ पवर्) सम्म लागू हुने कम्पनीले जनाएको छ।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

    हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट