Sep 08 2024 | २०८१, भदौ २३ गते

ट्याक्टरको प्रयोगले हलाे विस्थापित हुँदै, कृषिमा युवाहरुको आकर्षण पनि घट्याे

ट्याक्टरको प्रयोगले हलाे विस्थापित हुँदै, कृषिमा युवाहरुको आकर्षण पनि घट्याे

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • ट्याक्टरको प्रयोगले हलाे विस्थापित हुँदै,   कृषिमा युवाहरुको आकर्षण पनि घट्याे

    काठमाडौं । कृषिगणना २०७८ ले नेपालमा कृषि कार्यमा प्रयोग हुने फलामे हलोको संख्या घट्दो र ट्याक्टरको प्रयोग बढ्दै गरेको देखाएको छ ।

    images
    images

    राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘कृषिगणना २०७८’ को नतिजामा उक्त कुरा देखाइएको हो ।   

    कृषिगणना २०६८ ले आठ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो ।

    पछिल्लो कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ ।

    यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रूपमा गिरावट आएर आठ लाख ५६ हजार २८३ बाट पाँच लाख ९ हजार ८२५ वटमा झरेको छ ।

    पछिल्लो एक दशकमा चार लाख ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावरट्रिलर प्रयोग गरेका छन् । एक लाख १७ हजार ९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखाएको छ ।

    ५५ वर्षभन्दा माथिको उमेर समूहका नेपालीहरू कृषिमा आवद्धता हुने क्रम बढेको छ। नेपालको जनसंख्याबारेको अध्ययन अनुसार बुढेसकाल सुरु भएपछि कृषिमा लाग्नेको संख्या बढिरहेको र युवाहरुको संख्या घटिरहेको देखिएको हो।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले १० वर्षको अन्तरमा गणना हुने कृषि गणानाको नतिजा सार्वजनिक गर्दा यस्तो अवस्था देखिएको हो। २०७८ को विवरण बिहीबार सार्वजनिक गरिएको हो।

    सार्वजनिक नतिजा प्रतिवेदनअनुसार कुल कृषिमा आवद्ध हुने नेपालीमध्ये ५५ वर्ष उमेरदेखि ६४ उमेर समूह २०६८ सालमा १७ दशमलव ६ प्रतिशत कृषिमा थिए। तर अहिले त्यो संख्या बढेर १८ दशमलव ३ प्रतिशत पुगेको छ।

    ६५ वर्ष उमेर भन्दा माथिकाहरु योभन्दा अघि ११ दशमलव ४ प्रतिशत कृषिमा आवद्ध रहेकोमा अहिले त्यो संख्या १३ प्रतिशत पुगेको हो।

    तर युवा उमेर समूहको संख्या भने घटिरहेको तथ्याङ्कले देखाएको हो।

    प्रतिवेदनमा भनिएको छ, ‘२५ वर्ष भन्दा कम उमेर समूहको हिस्सा २०६८ सालमा ३ दशमलव १ प्रतिशत रहेकोमा २०७८ सालमा २ दशमलव ६ प्रतिशतमा पुगेको छ। २५ देखि ३४ वर्ष उमेर समूहको संख्या १६ दशमलव १ प्रतिशतबाट घटेर १४ दशमलव ९ प्रतिशतमा आइपुगेको छ। ३५ देखि ४४ वर्ष उमेर समूहको संख्या २६ दशमलव ७ प्रतिशतबाट घटेर २५ दशमलव ७ प्रतिशतमा आइपुगेको छ।’

    त्यस्तै ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको संख्या २५ दशमलव १ प्रतिशतबाट घटेर २४ दशमलव ८ प्रतिशतमा आइपुगेको प्रतिवेदनले देखाएको हो।

    तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ लाख ९९ हजार परिवारले खेतिपाती गर्ने गरेको पाइएको छ। १ लाख ३२ हजारले पशुपन्छि मात्रै पाल्ने गरेको पाइएको हो। कृषि गणना २०६८ अनुसार भने ३७ लाख १६ हजार खेतिपातीमा आवद्ध र १ लाख १६ हजार पशुपन्छि मात्रै पालनमा रहेका थिए।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार खेतिपाती गर्ने परिवार अन्तर्गत चार आना वा चार धुर वा त्यससरह भन्दा बढी जग्गामा खेतिपाती गर्नेलाई कृषक परिवारमा गणना गरिएको छ।

    प्रतिवेदन अनुसार नेपालमा कुल कृषकको संख्या ४१ लाख ३१ हजार रहेको देखिएको छ। यो संख्या २०६८ भन्दा ३ लाख थप भएको हो।

    पशुपन्छी पालन गर्ने र खेती गर्ने गर्नेको कुल संख्या २०६८ सालमा ३८ लाख ३१ हजार रहेकोमा अहिले त्यो संख्या ४१ लाख ३१ हजार परिवार पुगेको हो।

    कृषि गणना २०७८ अनुसार कृषक परिवारले उपयोग गरेको २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये कृषि कार्यमा २१ लाख २२ हजार हेक्टर अर्थात् ९६ प्रतिशत उपयोग भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार