Sep 08 2024 | २०८१, भदौ २३ गते

चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्टमा रणनीतिक साझेदारी

चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्टमा रणनीतिक साझेदारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्टमा रणनीतिक साझेदारी

    काठमाडौं । नेपालको चौधरी ग्रुप (सिजी) र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीमा सहमति भएको छ । नेपाल र भारतबीच गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यसाथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यापारमा नयाँ अध्याय सुरु गरेका हुन् ।

    images
    images

    नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको साझेदारीले सिजीको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पणलाई दर्शाउँछ ।

    नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मूल्य मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास दुवै पक्षको छ ।

    चौधरी ग्रुप दशकौँ देखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमा बलियो उपस्थितिको साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहदै आएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार