जी-२० शिखर सम्मेलन : मोदीले विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने
जी-२० शिखर सम्मेलन : मोदीले विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० शिखर सम्मेलनमा विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने भएका छन् । सेप्टेम्बर ९ अर्थात् आजदेखि संघीय राजधानी नयाँदिल्लीमा हुने सम्मेलनमा मोदीले विश्वका नेताहरूसँग द्विपक्षीय बैठक गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मोदीले आज (शुक्रबार) अमेरिकी राष्ट्रपति जो बाइडेन तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग आफ्नो निवासमा बैठक गर्नेछन् ।
सम्मेलनका क्रममा उनले बेलायत, जापान, जर्मनीका नेतासँग पनि द्विपक्षीय बैठक गर्ने समाचारमा उल्लेख छ । उनले आइतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग लन्च बैठक गर्नेछन् ।
मोदीले कोमोरोस, टर्की, यूएई, दक्षिण कोरिया, ब्राजिल तथा नाइजेरियाका नेतासँग पनि द्विपक्षीय वार्ता गर्ने छन् ।