Sep 19 2024 | २०८१, असोज ३ गते

अनाथालयलाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता

अनाथालयलाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • अनाथालयलाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता

    ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
       
    गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दैै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताए ।
      
    अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गरे । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गरे । हिन्दू धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताए ।  

    images
    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार