Aug 12 2026 | २०८३, साउन २७ गते

आइएमई मोटर्स स्वीच मोबिलिटी इभी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

आइएमई मोटर्स स्वीच मोबिलिटी इभी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • आइएमई मोटर्स स्वीच मोबिलिटी इभी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

    काठमाडौं। आइएमई मोटर्स नेपालमा स्वीच मोबिलिटीका विद्युतीय गाडी (इभी) र अशोक लेल्यान्डका डिजेल जेनेरेटर बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ।

    images

    अशोक लेल्यान्डको ७५औं वार्षिकोत्सवमा भारत चेन्नईमा आयोजित कार्यक्रममा यससम्बन्धमा सम्झौतामा हस्ताक्षर भएको हो।

    सम्झौतामा स्वीच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरे।

    अशोक लेल्यान्ड अध्यक्ष धीरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरे।

    भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्यान्डको भगिनी कम्पनी स्वीच मोबिलिटीले इभी निर्माण तथा दिगो यातायात साधन विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन तथा वितरण सुरु गरेको छ।

    यो कम्पनी सन् २०२० मा अशोक लेल्यान्डको सहायक कम्पनीका रूपमा स्थापना भएको थियो। अशोक लेल्यान्डको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबीच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्वीच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक इभी उद्घाटन गरे।

    त्यसैगरी आइएमई मोटर्स अशोक लेल्यान्डका डिजेल जेनेरेटर (जेनसेट) पनि बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ।

    अशोक लेल्यान्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगका रूपमा डिजेल जेनेरेटर उत्पादन गर्छ।

    अशोक लेल्यान्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ। अशोक लेल्यान्ड व्यावसायिक समूह हिन्दुजा ग्रुपको प्रमुख कम्पनी हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट