Sep 17 2024 | २०८१, असोज १ गते

कलेज आईडिया हन्ट २०२३ सुरु

कलेज आईडिया हन्ट २०२३ सुरु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • कलेज आईडिया हन्ट २०२३ सुरु

    काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय र स्कुल अफ  म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय को  को सहकार्यमा आवेदन खुला गरेको हो । बिहीबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा  पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको थियो ।

    images
    images

    नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरेको हो । वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् । 

    कार्यक्रममा आईडिया स्टुडियो नेपालकी (रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठ, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा.गंगाराम विश्वकर्मा, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा , काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा.दिलीप पराजुली, स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङ, कलेज आइडिया हन्ट २०२० की, आईडिएटर अन्जना मल्ल,आईडिया र विधार्थीहरु लगायत बिभिन्न बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले कलेज आईडिया हन्टको महत्व र अवसरको विषयमा प्रस्ट पारीन् । कलेज आइडिया हन्ट २०२० की आईडिएटर अन्जना मल्लले आइडिया  स्टुडियोको मार्फतबाट उनको व्यवसायमा पाएको सहयोग र अनुभव बारे कुरा गर्दै कलेज आइडिया हन्ट २०२० एउटा कार्यक्रम मात्र नभएर आत्म विश्वास वृद्धिको श्रोत पनि रहेके बताइन् । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा.दिलीप पराजुलीले नेपालका  विद्यार्थीहरु अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका तर नेपालमा धेरै अवसरहरु रहेको जानकारी गराए । काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र सुबेदीले विद्यार्थीहरुले आईडिया स्टुडियो नेपालको तर्फबाट पाएको मौका, अवसर र उद्यमशीलता मानसिकताको विकासबारे  मन्तव्य राखे । आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्नातक, स्नातकोत्तर र पीएचडी गर्दै गरेका वा गरिसकेका विद्यार्थीहरुको कुनै आईडिया वा सपना छ भने कलेज आइडिया हन्ट २०२३ मा आवेदन पठाउन अनुरोध गर्दै भविष्यमा आवश्यक सहयोगका निमित्त आईडिया स्टुडियो नेपाल सो विद्यार्थीहरुका लागि एक प्लेटफर्मको रुपमा रहने बताए ।

    कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार