images

Jul 27 2024 | २०८१, साउन १२ गते

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडाैं । सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८६ ‘झ’ नामक उक्त ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको अवधि ६ वर्षको रहेको  नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

    images

    राष्ट्र बैंकका अनुसार सो ऋणपत्रको बोलकबोल भदौ २४ गते हुनेछ । आगामी आइतबार ३ बजेसम्म बोलकबोल हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोलबाटै तय हुने राष्ट्र बैंकले जनाएको छ । भदौ २५ गतेदेखि निष्कासशन हुने ऋणपत्रको साँवा भुक्तानी आगामी २०८६ भदौ २५ गते हुने छ । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

    ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार