Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

लुम्बिनी प्रदेशसभा बैठक : निजामती  विधेयक पारित गर्ने 

लुम्बिनी प्रदेशसभा बैठक : निजामती  विधेयक पारित गर्ने 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • लुम्बिनी प्रदेशसभा बैठक : निजामती  विधेयक पारित गर्ने 

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले निजामती  विधेयक पारित गर्ने भएकाे छ । दिउँसो १ बजेदेखि सुरु बैठकमा सांसदहरूले बोल्ने क्रम जारी  छ । सभाको २५ औँ बैठकलाई सम्बोधन गर्दै प्रदेश मामिला तथा कानुन उपसमितिका संयोजक भोजप्रसाद श्रेष्ठले संसदमा पेश भएको प्रतिवेदन प्रक्रिया मिचेर तयार पारिएको बताए ।

    images
    images
    images

    उनले प्रतिवेदन तयार पारिएको विषय प्रदेश मामिला तथा कानुन समितिमा जानकारी नभएको समेत बताए । २४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेका थिए । सोही प्रतिवेदन सहितको विधेयक आज पारित गर्ने तयारी छ । प्रतिवेदनसहित तयार भएको विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको निजामती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौँ तहको वा सो सरहको रहने उल्लेख छ ।

    विशेष समयको सम्बोधन सकिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गत असार २२ गते प्रदेश सभामा निजामती विधेयक दर्ता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट