Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

    काठमाण्डौँ । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

    images
    images

    योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार