Sep 08 2024 | २०८१, भदौ २३ गते

४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत

४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत

    लगानी बोर्डले १२ वर्षमा ४२ वटा परियोजनाका लागि १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डले स्थापनाकालदेखि १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

    images
    images

    बोर्डका अनुसार ६ हजार र तीन हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्सी शिवम् सिमेन्ट र हुबासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन्। 

    लगानी बोर्डको १२ वर्षको अवधिमा धरानमा ‘वेस्ट टु इनर्जी’ परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अहिले ९०० मेगावाटको अरूण-३ जलविद्युत् परियोजना, दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेको छ ।

    लगानी बोर्डका अनुसार चार सय ५० मेगावाटको सेती नदी -६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ। यसका साथै तीन सय २७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको छ र पीडीएको तयारी समेत सुरु भएको जनाएको छ। नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रूपैयाँ बराबरको पुनर्लगानी गर्ने भएको छ।

    लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भई वार्ता समितिले कार्य थालनी गरिसकेको छ। यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) ढाँचाको विशिष्टीकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका अधिकारीहरु बताउछन । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार