Sep 17 2024 | २०८१, असोज १ गते

भरतपुर भ्रमण वर्ष : ठोरी नाका र दियालो बंगला खुलाउने पहलमा माहानगर

भरतपुर भ्रमण वर्ष : ठोरी नाका र दियालो बंगला खुलाउने पहलमा माहानगर

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • भरतपुर भ्रमण वर्ष : ठोरी नाका र दियालो बंगला खुलाउने पहलमा माहानगर

    चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्षको शुभारम्भ हुन तीन महिनाको अवधि बाँकी रहेकाले तयारी पनि तीव्र गतिमा भैरहेको छ । भ्रमण वर्षको अवसरमा भरतपुर १ आँपटारीमा रहेको दियालो बंगला दरवार खुलाउने र ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने प्रयास महानगरको छ ।

    images
    images

    नारायणी नदी र राप्ती नदीको काखमा रहेको महानगरले भरतपुरको विकास र समृद्धिका लागि भैरहेका पूर्वाधार निर्माणलाई समेत देखाउने अवसरका रुपमा भ्रमण वर्षलाई लिएको छ । त्यसैले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार