Sep 08 2024 | २०८१, भदौ २३ गते

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । बिहीबार बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

    images
    images

    यसअघि सहकारी विभाग, सीआईबी र प्रादेशिक तहहरूमा पटक पटक उजुरी परेपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

    बागमती प्रादेशिक मन्त्रालयका अनुसार प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ मा भएको व्यवस्थामा टेकेर दफा ८२ अनुरूप सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

    बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको गठन नभएकोले सहकारीलाई केन्द्र मातहतमा पठाइएको बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेलले बताए ।

    उनले भने, ‘सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि सहकारी व्यवस्थापन समितिले हेर्ने गरी सहकारी विभागमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइसकेको छ ।’

    बागमती प्रादेशिक मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि केन्द्र मातहत अर्थात् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ ।

    यसअघि सिभिल सहकारीका बचतकर्ताको उजुरीमा सीआईबीले पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई हिरासतमा राखेको थियो । जहाँ १ हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार