Aug 12 2026 | २०८३, साउन २७ गते

होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा ल्यायाे

होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा ल्यायाे

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा ल्यायाे

    काठमाडौं । होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    images

    आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्सका साथ एसयूभीले उच्चस्तरीय ड्राईभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

    कम्पनीले देशभर रहेका आधिकारिक होन्डा डिलरशिपहरूमा एसयूभी होन्डा एलिभेटको लागि बिक्री खुलाइसकेको छ ।

    कम्पनीका अनुसार गाडीको मूल्य ५६ लाख ३५ हजार देखि ७९ लाख ४४ हजारसम्मको मूल्यमा एसयूभीका भेरियेन्टहरु उपलब्ध रहेका छन् ।

    त्यस्तै, गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ ।

    यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट