किड्जीको जोयफुल प्यारेनटीङ प्यनाल छलफल आयोजना सप्पन्न
किड्जीको जोयफुल प्यारेनटीङ प्यनाल छलफल आयोजना सप्पन्न
काठमाडौँ । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले “Joyful Parenting in Modern Times” बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरेको हो ।
कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक इन्टरभेन्सनको महत्व को बारेमा पनि छलफल भएको थियो । कार्यक्रमका मुख्य वक्ताहरु डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ)शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) सुनिता चौहान (सामाजिक अभियन्ता) नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।
किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिईसकेको छ । किड्जी नेपालका ५ ठूला शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जी, What is Right for the child (WRFC) को सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।