लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका सेयरधानीकाे हात खाली हुने, लाभांश नदिने कम्पनिकाे घाेषणा
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका सेयरधानीकाे हात खाली हुने, लाभांश नदिने कम्पनिकाे घाेषणा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
२५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।
सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिका एक सदस्यले भने, ‘रिटर्न दिन सकिने स्थिति देखिएपछि अन्नतः सबैको सहमतिमा लभांश वितरण नगर्ने निर्णय गरिएको हो ।’