Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

उद्योग मन्त्रालयका उच्च अधिकारीहरुकाे ब्यापक जिम्मेवारी हेरफेर

उद्योग मन्त्रालयका उच्च अधिकारीहरुकाे ब्यापक जिम्मेवारी हेरफेर

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • उद्योग मन्त्रालयका उच्च अधिकारीहरुकाे ब्यापक जिम्मेवारी हेरफेर

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ५ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालय अन्तर्गतको विभाग र मन्त्रालयभित्रको महाशाखाको जिम्मेबारी हेरफेर भएको हो। 

    images
    images
    images

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेको छ। विभागको महानिर्देशको जिम्मेवारी तीर्थ चिलुवाललाई दिइएको छ भने ठकुरलाई मन्त्रालय तानेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण महाशाखाको जिम्मेवारी दिइएको हो। त्यस्तै योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको जिम्मेवारी दिइएको छ।

    औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ। 

    प्रशासनमा रहेका लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

    बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको हो। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट