Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाक्यो

माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाक्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न  साधारण सभा डाक्यो

    माछापुच्छ्रे बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले असोज १८ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ।

    images
    images
    images

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट