images

May 17 2024 | २०८१, जेठ ४ गते

 राजनीतिमा बूढा बाहरुकै हालीमुहाली ,युवालाई पाखा बुढापाकालाई काखा 

 राजनीतिमा बूढा बाहरुकै हालीमुहाली ,युवालाई पाखा बुढापाकालाई काखा 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १६ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १६ २०७९
  •  राजनीतिमा बूढा बाहरुकै हालीमुहाली ,युवालाई पाखा बुढापाकालाई काखा 

    नेपालको राजनीतिमा ढुलमुले चरित्रका एक पात्र छन । ति हुन वामदेव गौतम । नेकपा एमालेको दुई पटक उपाध्यक्ष भइसकेका गौतम पटक पटक सांसद तथा मन्त्री भइसकेका छन् । पछिल्लो पटक माओवादीसँगको पार्टी एकतामा पनि गौतमले पुरानै पद सम्हालेका थिए ।२०७० मा बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमले राष्ट्रियसभाको सदस्य बन्न  १४ पटक प्रयास गरे तर उनी सफल हुन सकेनन् ।

    images
    images

    सत्ता र शक्तिमा बस्न रुचाउने गौतम २०७७ मा राष्ट्रपतिले नियुक्त गरेको कोटामा राष्ट्रिय सभाका सदस्य बन्न पुगे । तर सर्वोच्चले नेकपा बदर गरेपछि उनको पद पनि गयो। एमालेको १० औं महाधिवेशनबाट ७० बर्षे हदम्याद  कारण देखाउँदै उनलाई कुनै पद दिइएन । त्यसपछि गौतमले एमालेबाट राजीनामा दिएका थिए । त्यसपछि छायाँमा परेका गौतम किन अहिले पार्टी खोल्ने निचोडमा पुगे? उमेरले ७० पुगेका बामदेव लाई अझै प्रधानमन्त्री बन्ने हुटहुटीले छोड्न सकेको छैन । यही साता काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा बोल्दै गौतमले अहिले सम्म कुनै  प्रधानमन्त्रीले गर्न नसकेका काम गरेर देखाउने प्रण व्यक्त गरेका छन् ।

    उनले भनेको सुन्दा लाग्छ अहिले नै देशमा कायपलट होला जस्तो । तर वामदेवले यो कुरा बिर्से होलान् सायद। आफू गृहमन्त्री भएको समयमा कति काण्ड भएका थिए भनेर । गौतमले अव राजनीतिबाट बाँकी रहेको जीवन भजन कृतनमा बिताए हुन्छ । नेपाली राजनीतिमा गौतम मात्रै पदलोलुप नेता हैनन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै चर्चा गरौँ । २०२८ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा लागे।

    उमेरले ७६ वर्षका भए ।  पाँच पाँच पटक देशको प्रधानमन्त्री भए । अहिले उनलाई स्वास्थ्यले त्यति साथ दिएको छैन । र्‍याल  काड्न थालिसके । तर देउवा बालाई अझै राजनीतिकाे जागिर प्यारो लागिरहेको छ । अरे वा क्या गज्जबको राजनीतिक जागिर बाँचुन्जेल खाइरहनुपर्ने ? कांग्रेसकै अर्का नेता रामचन्द्र पौडेल उमेरले ८१ लागे । पौडेलले थुप्रै पटक सांसद र मन्त्रीको स्वाद चाखिसकेका छन् । तर प्रधानमन्त्रीको स्वाद चाख्ने रहरले अझै तन्नेरी ठान्छन् पौडेल बा पनि ।

    अर्का लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर बा पनि ८१ वर्षका भए । कहिले कांग्रेस, कहिले मधेश दलबाट नेता बन्ने रहरमै उनको जीवन बितिसकेको छ । स्वास्थ्यले साथ दिन छोडेको छ तर पनि राजनीतिको लोभले छोडन सकेन उनलाई पनि । त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल उमेरले ७० वर्ष भए । एमालेमा १५ वर्ष भन्दा बढि नेतृत्वमा बसेका नेपालले सांसद देखि मन्त्री र मन्त्री देखि प्रधानमन्त्रीको समेत स्वाद चाख्न भ्याइसेका छन् । तर पनि अझै प्रधानमन्त्री चाहिएको छ उनलाई  । नेपाली राजनीतिमा यस्ता कयाै पात्राहरु  छन् । 

    नातिनातिनाका हजुरबा भएर पनि । लोभले ग्रसित भएका नेपालले आफ्नो पुरानो घरलाई सम्हाल्न नसकेर गत भदौँमा नेकपा एकीकृत समाजवादी पार्टीनै दर्ता गराए । हाल उनी उक्त पार्टीको अध्यक्ष रहेका छन् । त्यस्तै अर्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’  सात दशकका भए ।  जीवनमा कहिले दोस्रो हुन मन नपराउने प्रचण्ड अहिले पार्टीको अध्यक्ष छन् । अनेकौ सपना बाडेर  सत्ता र शक्तिको केन्द्रमा बस्ने रुचाउने प्रचण्डले पार्टीलाई राम्रो संग हाक्न सकेनन ।

    देशमा दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अहिले पनि प्रधानमन्त्री हुने आकांक्षी छन् । त्यस्तै अर्का वामपन्थी नेता झलनाथ खनाल पनि  उमेरले सात दशक काटे । तत्कालीन एमालेमा रहँदा अध्यक्ष हुनुको साथै  पटक पटक सांसद देखि  प्रधानमन्त्री समेत भए। तर उनमा अहिले पनि  प्रधानमन्त्री बन्ने रहर मरेको छैन । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सात दशकनै काटिसके । ओली पटक पटक सांसद, मन्त्री तथा गृहमन्त्री हुँदै देशमा दुई पटक प्रधानमन्त्री भईसकेका छन् । २०२२ सालबाट निरन्तर राजनीतिमा लागेका ओली ०४८ सालयता  लगातार शक्तिको केन्द्रमा रहेका छन् ।

    प्रधानमन्त्री भएकै समयमा ओलीले आफू विरामी भएको कारण देखाउँदै प्रधानमन्त्री निवास बालुवाटारलाई प्रधानमन्त्रीको कार्यालय बनाए । त्यतिमात्रै हैन उनले पार्टीको अधिकार एकलौटी प्रयोग गर्न थालेपछि पार्टी समेत विभाजन भयो । दुई दुई  पटक संसद विघटन गरेर बैधानिक संसदलाई अदालत पुग्न बाध्य बनाए । जुन अलोकप्रिय कदमको दाग ओलीले अहिलेसम्म मेटाउन सकेका छैनन् । त्यतिमात्रै  होइन ओलीले अहिले पनि पार्टी एकलौटी ढंगबाट अघि बढाउन खोजेको आरोप खेपिरहेका छन् ।

    सत्ता छंदा रेल देखि तेल सम्म , आत्मनिभर्रता देखि परनिभर्रताको फोस्रो भाषण छाँटेर नथाकेका ओली परिणाम शुन्य भएपछि विगतमै टुंगिएको रेलको फोटो देखाएर लोकप्रिय बन्ने समेत प्रयास गरे । कुर्सीमोह धृतराष्ट्रको पुत्र मोहभन्दा बढी छ । नेपालको राजतन्त्रको इतिहासमा राजा सुरेन्द्र बूढो भइन्जेल राजा भएर बाँचेका कारण उमेर पुगेका छोराहरूले शासन गर्न नपाइकन मरे ।

    नेपालका चिरपरिचित सबै राजनीतिक दलहरूमा पनि नतिजा वा परिणाम दिन नसकेका नेताहरू सञ्जीवनी बुटी खाएझै‌ महत्वपूर्ण पद ओगटेका ओगेटेकै छन्। केही पाउने लोभमा वा पदसोपानको मर्यादा पालना गरेर ती पटक पटक  नेतृत्वमा पुगेका असक्ष बाहरुलाई मौका नपाएका युवाहरुले ज्यू ज्यू गर्नाले पनि युवाहरु आफुले भनेको जस्तो ठाउँमा पुग्न सकेका छैनन् । आफ्नो क्षमता देखाउन पाइरहेका छैनन् ।

    एउटै व्यक्ति पदमा बहाल भइरहने वैधानिक व्यवस्थाले राजनीतिक दल, नागरिक समाज र देशलाई ठूलो हानी पुगेको छ । राजनीतिक दलमा युवा नेताहरूको व्यक्तित्व र वृत्तिविकास अवरुद्ध भएको छ । नयाँ र युवा नेतृत्वको विकास अवरुद्ध हुँदा राजनीतिक दलमा युवाहरूको आकर्षण ह्रासोन्मुख छ ।

    शीर्ष नेताहरू मर्लान वा उनीहरुले छोड्लान र भाग पाउँला अनि खाउँला भनेर बस्दा बस्दै युवाहरु आफैं बूढो बन्दै गएका छन् । पदको झिनाझप्टीले सबै राजनीतिक पार्टीभित्र रातोदिन विवाद,झगडा र भनाभन भएको पाइन्छ । पद प्राप्तिको खेल दल विभाजनमा पुगेर र सरकार विघटन भएर मत्थर हुने गरेको छ ।

    नेपाली कांग्रेसमा अहिले पनि ६० बर्ष सम्मलाई युवा नेता भन्ने गरिन्छ । अनि कहाँ बाट हुन्छ देशको विकास । अनि कहिले आउँछ युवा पुस्ताको पालो ? निजामती सेवामा ५८ वर्षको हदम्याद तोकिएको छ । न्याय क्षेत्रमा ६५ वर्षको भन्दा माथि हदम्याद मान्य हुने छैन । त्यस्तै फौजीमा पनि उमेर कमै भएपनि हद म्यादको व्यवस्था छ । तर राजनीतिमा हदम्याद लागू हुन सकेन । यसैको फाइदा उठाइरहेका छन् बा हरूले ।

    बल्लतल्ल रमेश लेखक, शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा धनराज गुरुङ जस्ता युवा पुस्ता भन्नेहरुले अवसर पाउन थालेका छन् । त्यो पाउन पनि त्यति सजिलो थिएन । त्यहाँ भित्र धेरै अन्तरसंर्घष गर्नुपरेको थियो । अहिले उनिहरुले पार्टीको मोर्चा समाल्दै आएका छन ।

    तर पार्टी भित्र बाहरुको हावी हुँदा अन्य युवा नेताको विजय कहिले हुने र क्षमता सही उपयोग कहिले गर्न पाउने ? नब्बेतिर । उफ् राजनीति । नेपाल कम्युनिस्ट पार्टी अहिले विभाजित र गालिगलौजको प्रतिस्पर्धामा छ । किन विभाजित हुन प¥यो भन्ने विश्लेषण कठिन छैन । नेतृत्व व्यवस्थापन हुन नसक्दा प्रतिनिधिसभा विघटन भएर नेताहरू आपसी बाझाबाझमा उत्रिए ।

    अन्तत् सत्तासवार्थले मातेकाहरुले पार्टीलाई समेत विभाजनमा पु¥याए । बूढा र पटकपटक पद पाइसकेका नेताहरूमा रहेको पर्टीको नेतृत्व र सरकारको नेतृत्व गर्ने लोभले ती पद पाउन मरिहत्ते गरेका कारण नेपाली जनता आर्जित भइसकेका छन्  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार