Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

गैह्रीगाउँ सामुहिक हत्याकाण्डमा थप एक जना पक्राउ

गैह्रीगाउँ सामुहिक हत्याकाण्डमा थप एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
  • गैह्रीगाउँ सामुहिक हत्याकाण्डमा थप एक जना पक्राउ

    काठमाडौँ । काठमाडौँको गैह्रीगाउँस्थित दिव्य स: मिलमा भएको सामुहिक हत्याको अनुसन्धानको क्रममा थप एक जना पक्राउ परेका छन्। प्रहरीले सिसिटिभी फुटेजका आधारमा थप एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। स्रोतले हाल पक्राउ परेका उक्त युवकको परिचय भने खुलाइसकेको छैन। स्रोतका अनुसार उनलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरीएको हो।

    images
    images
    images

    प्रहरीले सिसिटिभी फुटेजका आधारमा उक्त युवकको हत्यामा संलग्नता हुन सक्ने आशंकामा पक्राउ गरेको हो। यद्यपि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैह्रीगाउँस्थित दिव्य स: मिलमा चार जनाको हत्या भएको थियो। सो घटनाको अनुसन्धानको लागि संयुक्त टोलीसमेत गठन भएको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीका अनुसार टोलीमा काठमाडौं परिसरका डिएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर वीरेन्द्र केसी रहेका छन्।

    घटनामा सुरक्षागार्ड कुमार भुजेलसहित उनकी आमा र श्रीमतीको पनि हत्या भएको छ। उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा ७६ वर्षीय शुभद्रा भुजेल र सोही मिलमा काम गर्ने मोरङका अन्दाजी १९ वर्षका नवीन राईको पनि हत्या भएको छ।

    घटना हुँदा सँगै रहेका नवीनका आफन्तसमेत रहेका मोरङका २८ वर्षीय दीपेन्द्र राईलाई भने प्रहरीले पक्राउ गरेको छ। घटनापछि मेरो भाइलाई खुकुरी हान्यो भन्दै दीपेन्द्र बाहिर निस्किएका थिए। त्यतिबेला नै गस्तीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो। त्यस्तै प्रहरीले हिजै थप केहीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सामूहिक हत्या प्रकरणमा प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट