सन्दर्भ शिक्षा दिवस : ९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक
सन्दर्भ शिक्षा दिवस : ९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक
काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ ।
शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिँदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।
साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।