Sep 17 2024 | २०८१, असोज १ गते

‘प्रधानमन्त्री ट्रुडोको आरोप आधारहीन छ’

‘प्रधानमन्त्री ट्रुडोको आरोप आधारहीन छ’

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
  • ‘प्रधानमन्त्री ट्रुडोको आरोप आधारहीन छ’

    काठमाडौँ । क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्ध आधारहीन  आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्रायः भएका टिप्पणी गरेका छन् । 

    images
    images

    “हामीले सबुद–प्रमाण नदेखेसम्म प्राप्त जानकारीलाई आँखा चिम्लेर सत्य मान्न नसकिने बताउँदै प्राध्यापक देहेजियाले लोकतन्त्रमा विश्वास गर्ने विकसित पश्चिमा देशको नेताले स्वतन्त्र भारतको इतिहासमा यस किसिमको आरोप पहिलो पटक लगाएको बताउँदै यसअघि यति उच्चस्तरमा  भारतले क्यानडाको आन्तरिक मामिलामा षड्यन्त्र गरेको नसुनेको जनाएका छन् ।

    एनआईसँगको कुराकानीमा प्राध्यापक देहेजियाले क्यानडाली जनता वा विश्वका जनतालाई प्रधानमन्त्रीले गरेको दाबीबारे कुनै जानकारी नदिइएको बताए । क्यानाडाको सुरक्षा खुफिया सूचनाका आधारमा प्रधानमन्त्रीले लगाएको आरोप पुष्टि नभएको त्यसमा आधार भएको मान्न नसकिने उनले बताएका छन् । उनले भनेका छन्–प्रधानमन्त्रीको आरोपमा विश्वनीय आधार छैन । 

    क्यानडाका प्रधानमन्त्री ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका थिए जसलाई नयाँदिल्ली निराधार भन्दै त्यसको खण्डन गरको थियो । 

    भारतमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा गोली हानेर हत्या गरिएको थियो । पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँका निज्जरलाई राष्ट्रिय अनुसन्धान निकाय (एनआई) ले फरार घोषणा गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार