खालीस्तान स्वतन्त्र राज्यको माग, भारत-क्यानडा टकरावको यथार्थ
खालीस्तान स्वतन्त्र राज्यको माग, भारत-क्यानडा टकरावको यथार्थ
काठमाडाैँ । गएको १८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियाको शरीको गुरुद्धारा नजीकै हत्या भएका भारतीय मुलका शिख नेता हरदिप सिंह जसलाई खालीस्तान टाईगर फोर्समा निज्जरको नामले चिनीन्थ्यो । झन्डै दश लाख माथि पन्जाबी शिख समुदाय क्यानडामा बसोबास गर्छन् भन्ने तथ्याङ्क छ ।
यता भारतले भने शिख नेता हरदिप सिंह भनिने निज्जरलाई आतंकबादी सुचीमा राखेको छ । शिख समुदायका केही समुहले भारतमा छुट्टै राज्य खालीस्तानको माग गर्दै आन्दोलन गर्ने गरेका कारण उक्त समुहलाई पृथकताबादीको आरोप लगाउँदै नियन्त्रण गर्ने प्रयास गरेको थियो ।
यसरी भारतले आफ्नो देशले आतंककारी घोषणा गरेको व्यक्ती क्यानेडियन नागरीक बनेको र उनको हत्या क्यानडामै भएको सन्दर्भमा क्यानेडियन प्रधानमन्त्री जस्टीन टु्रडोले संसदमै निज्जर हत्या घटनाको विषयमा भारत सरकार दोषी रहेको भन्दै देशको सम्प्रभुताको उलंघन भएको भन्दै कडा अभिव्यत्ती दिएपछि दुई देशबिचको सम्बन्धमा टकराव आएको हो ।
दुई देशले आ-आफ्नो देशबाट एकअर्काका कुटनीतिज्ञलाई छोटो समय सिमा दिएर देश छोड्रन आदेश दिएपछि दुबै देश एकैपटक आक्रोशित बने जसको परिणाम सम्बन्ध चिसिने खतरा उत्तीकै बढेको छ । यता भारत भने क्यानडाले आफ्नो दुतावासका उच्च अधिकारीलाई देश छाड्न आदेश दिएकाले आफुले पनि जवाफस्वरुप दिल्ली स्थित क्यानेडीयन दुतावासका एक उच्च अधिकारीलाई पाँचदिनभित्र भारत छोड्न आदेश दिएको बताएको छ ।
यस घटनामा स्वतन्त्र छानविनका लागि जी २० सम्मेलनमा भारत गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दबाब बढाउने उदेश्यले प्रेरीत भएको बताएका थिए । भारत र क्यानडाबिच १९९८ मा भारतले परमाणु परिक्षण गरेको कारण क्यानडाले प्रतीबन्ध लगाएको कारण बषौँ सम्म दुई देशबिचको सम्बन्ध चिसो मात्रा भएनकी दुई देशबिच उच्च स्तरीय राजनीतीक भ्रमण समेत हुन सकेन ।
जी २० सम्मेलनका क्रममा क्यानेडीयन प्रधानमन्त्री टु्रडो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्धिपक्षिय भेटघाट र कुराकानीले सकारात्मक परिणाम दिन नसकेको समाचार बाहीरीएको थियो । उक्त भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना कुटनितिज्ञ माथि हमला गरेको घटना जोड्दै क्यानेडीयन प्रधानमन्त्री टु्रडोप्रती असन्तुस्टी पोख्दै क्यानडामा बढेको खालीस्तान समर्थकको गतीविधी आफुलाइ चित्त नबुझेकोसमेत स्पष्ट पारेका थिए । यता आफ्नो भनाईलाइ बचाउ गर्दै क्यानेडीयन प्रधानमन्त्री टु्रडोले आफु र आफ्नो देश अभिव्यक्तिको स्वतन्त्रता र शान्तीपुर्ण प्रदर्शनको पक्षधर भएको बताएका थिए ।
यो घटनाले भारत र क्यानडाको सुमधुर सम्बन्ध देख्न चाहने विश्वको लागि स्तब्ध पार्ने परिस्थीति निर्माण भएको भन्दै दुबै देशले एकअर्कालाई दोष लगाउनु भन्दा आतंकबादलाई सबैले मिलेर परास्त गर्नुपर्ने धारणा राखेका छन् । यता केही भारतीय कुटनैतीक मामीलाका जानकारहरु भने क्यानडामा भारतविरोधी गतीविधी हुनु हत्या, मानव तस्करी, संगठीत अपराध गर्ने जो कोहीलाई क्यानडाले कारवाही गर्नुपर्छ ।
यता दुईदेशबिच रहेका नागरीकहरु भने भोलीका दिनमा यो समस्याले निम्तन सक्ने परिणाम बारे चिन्ता ब्यक्त गरेका छन् । उनीहरुलाई आशा छ दुईदेशबिचको यो कुटनैतकि टकराव कुटनैतकि हिसाबले छिट्टै समाधान हुनेछ र भारत क्यानडा सम्बन्ध पुरानै लयमा फर्कने छ ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।