Sep 17 2024 | २०८१, असोज १ गते

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
  • कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

    हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए । 

    images
    images

    उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिए। प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौँ र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताए । 

    बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताए । युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उनले प्रदेश सरकारले उनीहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राखे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार