Sep 08 2024 | २०८१, भदौ २३ गते

आज बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै

आज बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
  • आज बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समिट हुँदैछ । द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो ।

    images
    images

    समिट  आज सेप्टेम्बर २४ आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहनेछ । नेपालका तर्फबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् ।

    समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।
    समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछ ।

    नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए। यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट