Sep 17 2024 | २०८१, असोज १ गते

कसरी बन्दैछ काठमाडौं-तराई फास्टट्र्याक ? (भिडियाेसहित)

कसरी बन्दैछ काठमाडौं-तराई फास्टट्र्याक ? (भिडियाेसहित)

काठमाडौँबाट ललितपुरको खोकना हुँदै मकवानपुरको मक्कुबेसी, सिस्नेरी, महादेबडाडा, धेन्द्रेडाडा, लेनडाडा, रानीसेरा, बुदुने, बाघदेव हुँदै ठुला पहाडी सुरुङ छिचोल्दै बाराको निजगढमा द्रुतमार्ग जोडिने छ । जसको लम्बाई ७२ दशमलव ५ किलोमिटर हुनेछ भने संसोधित नयाँ डिपीआर अनुसार दुरी अझै घट्न सक्ने नेपाली सेनाले बताएको छ  । यसरी बन्ने द्रुतमार्गमा उच्चतम प्रविधी प्रयोग गरी निकै जटील र नमुना परियोजनाको रुपमा देखा पर्नेछ । 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • कसरी बन्दैछ काठमाडौं-तराई फास्टट्र्याक ? (भिडियाेसहित)

    काठमाडौँ । द्रुतमार्ग बनिरहेको सडक एलाइनमेन्ट काठमाडौँ उपत्यका र तराइ जोड्ने प्राचीन समयको पुरानो र छोटो बाटो भएता पनि सयौँ वर्षसम्म यसको अवधारणा र निर्माण हुन नसक्नु नेपालीको लागि दुखद विषय हो । जसका कारण समय, ढुवानी लागत, राजधानीबासीका लागि महङ्गो पर्न गयो भने सवारी साधन मर्मत संभार तथा इन्धन खर्च पनि बढ्न गयो । 
    २०७४ साल बैसाख २१ गते अहिलेकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन समयमा प्रधानमन्त्री रहेका बेला यो आयोजना सिलान्यास भएको थियो । 

    images
    images

    सोही बखत एसियन हाइवे स्ट्यान्र्डडको यो सडक निर्माणको जिम्मा कसलाइ दिने भन्नेमा ठुलो बहस भयो । भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र जनताको भावनालाई सम्मान गर्दै यो आयोजना नेपाल सरकारले नेपाली सेनालाई बनाउन दिने निर्णय ग¥यो । 
    अनुमानित २ खर्ब ११ अर्ब ९ करोड ३० लाख लगानी हुने यो द्रुतमार्ग दक्षिण एसियाकै स्टेट अफ आर्टस सिभिल कन्सट्रक्सनको रुपमा निर्माण गरीनेछ । विगतको १७५ अर्ब अनुमान गरीएको परियोजना समयावधि लम्बिदा आयोजना लागत झण्डै ३६ अर्ब बढ्नेछ । 
    संशोधित डिपिआर अनुसार द्रुतमार्ग निर्माण र समय दुवै घटेको नेपाली सेनाले जनाएको छ । यस द्रुतमार्गमा विद्युत ट्रान्समिसन लाइन र नेपाल टेलिकमले अप्टिकल फाइबर विछ्याउनेछन् । 
    अत्याधुनिक इन्जीनियरीङ अनुसार बन्ने ट्रयाकमा साइड वाल, रिटेनिङ वालसहित अत्याधुनिक पुल, सुरुङ्ग, क्रस ओभर, अन्डरपास र टोलप्लाजासहित निर्माण हुनेछ । 
    पछिल्लो समय यो द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० संशोधन गर्दै २०८४ असार मसान्त सम्म यो आयोजना सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । फेरी कुनै कारणबस यो अवधि लम्बिएमा लागत धेरै बढ्न सक्छ । यो चिन्ताको विषय हो । यस कारण पुनः थपिएको समय सिमामा यो आयोजना सम्पन्न भएमा समग्र देशको हित हुनेछ । 

    काठमाडौँबाट ललितपुरको खोकना हुँदै मकवानपुरको मक्कुबेसी, सिस्नेरी, महादेबडाडा, धेन्द्रेडाडा, लेनडाडा, रानीसेरा, बुदुने, बाघदेव हुँदै ठुला पहाडी सुरुङ छिचोल्दै बाराको निजगढमा द्रुतमार्ग जोडिने छ । जसको लम्बाई ७२ दशमलव ५ किलोमिटर हुनेछ भने संसोधित नयाँ डिपीआर अनुसार दुरी अझै घट्न सक्ने नेपाली सेनाले बताएको छ  । यसरी बन्ने द्रुतमार्गमा उच्चतम प्रविधी प्रयोग गरी निकै जटील र नमुना परियोजनाको रुपमा देखा पर्नेछ । 

    यो आयोजनाको म्याद कोरोना संक्रमणको कारण दूइ वर्ष थपिएकोमा जम्मा ११ खण्ड मध्ये ३ खण्डको ठेक्का लगाउन अझै बाँकी छ । ११ खण्ड अन्तर्गत ललितपुरको खोकनामा जग्गा अधिग्रहणको काम अझै टुङ्गीएको छैन  । अहिले सम्मको प्रगती विवरण बुझ्न प्रधानमन्त्री लगायतका टोलीले केही महिना अगाडि द्रुतमार्ग अन्तर्गत महादेवटार सुरुङमार्ग, लेनडाडा सुरुङमार्ग र बनीरहेको सडकतथा पुलको निरीक्षण गरेका थिए । 

    खोकना, निजगढ र बुदुनेमा विशेष खालको इन्टरसेक्सन बन्नेछ । यस अन्तर्गत बुदुनेमा मदन भण्डारी हाइवे र पुर्व पश्चिम महेन्द्र राजमार्गको निजगढ जोड्न विशेष खालको इन्टरसेक्सन हुनेछ । निजगढ दु्रतमाग अन्तर्गत तराइको प्रस्थान बिन्दु हो । 
    खोकना र निजगढ दूई ठाउँमा यात्रुलाइ चिया कफी पिउन, द्रुतमार्ग दस्तुर बुझाउन, शौचालय सहित ७ लेनको अत्याधुनिक टोलप्लाजा निर्माण हुनेछ । 
    द्रुतमार्गको कतीपय ठाउँमा क्रसिङ रोड हुने ठाउँमा साना गाडी पास हुने अन्डरपास र ओभरपास गर्न मिल्ने गरी डिजाइन गरीएको छ ।  

    यो द्रुतमार्गमा दूई दुई  गरी चार लेनको ३ वटा सुरुङ हुनेछन् । जसको लम्बाई ६ दशमलव ५ किलोमिटर हुनेछ । जुन कुल सडक लम्बाईको ८ दशमलव ८५ प्रतिशत हुन आउँछ । 
    यसैगरी यो द्रुतमार्गमा साना ठुला गरी ८७ वटा पुल बन्नेछन् जसमध्ये १० वटा विशेष खालका ८० मिटर उचाइसम्मका बन्नेछन् । जुन पुलको लम्बाई १० दशमलव ६ किलोमिटर हुनेछ । प्रतिशतमा भन्दा कुल सडक लम्बाइको ७ दशमलव ६९ प्रतिशत हुन आउँछ । 
    सडकको चौडाइ पहाडमा २५ मिटर र तराइमा २७ मिटरको हुनेछ ।
    यो सम्पन्न भएपछि तराइ काठमाडौँ १ घण्टा समयमै पुग्न सकिनेछ । यो द्रुतमार्गमा सवारीको गति समथरमा १२० किलोमिटर र उकालोमा ६० किलोमिटर प्रतिघण्टा हुनेछ । 

    अब कुरा गरौँ यो द्रुतमार्ग भएर गुड्ने सवारीले तिर्नुपर्ने शुुल्क कति होला त रु द्रुतमार्गको दुइ खण्डमा साना ठुला सवारी साधनलाइ न्युनतम ३०० देखि २६०० सम्म शुल्क लाग्न सक्ने प्रारम्भिक अनुमान छ । यो शुल्क आयोजना सम्पन्न भइसकेपछि पुनः हेरफेर हुन सक्नेछ । 
    ४२ महिनामा सम्पन्न गर्ने गरि इपिसी मोडेलमा सम्झौता अनुसार ठेक्का पाएका दुइ कम्पनी चाइना स्टेट इन्जीनियरीङ कर्पोरेशन र पोली चन्दा इन्जीनियरीङले द्रुतमार्गका ३ वटा सुरुङ बनाउने छन् । जस अन्तर्गतको लागत चाइना स्टेट इन्जीनियरीङ कर्पोरेशनसंग २१ अर्ब ६१ करोडको ठेक्का सम्झौता भएको छ भने पोली चन्दा इन्जीनियरीङसंग २८ अर्ब ५३ करोडमा ठेक्का सम्झौता भएको छ । 

    आशा गरौँ यो आयोजना समयमै सम्पन्न भई संघिय सरकारको राजधानी काठमाडौँबाट प्रदेश दुइ अन्तर्गत देशकै ठुलो औद्योगिक नगर विरगञ्ज जोडिने छ , भारतसंगको प्रमुख नाका रक्सौल भएर राजधानी भित्रिने र राजधानीबाट रक्सौल भएर भारत  ढुवानी हुने मालसामानको ढुवानी लागत समेत कम हुनेछ । समयको बचत हुनेछ र सरकारले बनाउने भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र राजधानी बिचको दुरी छोटो हुनेछ । 
    बारा, पर्सा औद्योगिक करीडोरमा रहेका धेरै उद्योग कलकारखाना बाट उत्पादित सामग्री काठमाडौँमा  ढुवानी लागत घट्ने हुँदा उपभोक्ता मूल्य घट्न सक्छ भने भारतीय पर्यटकको काठमाडौँ भ्रमण सहज हुनेछ । एक हिसाबले भन्दा नेपाल भारतबिचको भौगोलिक ल्यान्डलक ल्यान्डलिंक हुनेछ जसको लाभ दुबै देशले लिन सक्नेछन् । यस कारण समग्र नेपाल र नेपालीको हितमा यो द्रुतमार्ग बन्नेछ । 

    भिडियो :

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार