Aug 11 2026 | २०८३, साउन २६ गते

१० बजेबाट भनिएको एमालेको मतदान दिउँसो १ बजेको लागि सर्यो

१० बजेबाट भनिएको एमालेको मतदान दिउँसो १ बजेको लागि सर्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • १० बजेबाट  भनिएको एमालेको मतदान दिउँसो १ बजेको लागि सर्यो

    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान दिउँसो १ बजेको लागि सरेको छ। 

    images

    बिहिबार बिहान ८ बजेदेखि मतदानको समय सर्दै आएकोमा शुक्रबार बिहान १० बजेबाट सुरु गर्ने भनिएको थियो। तर,पुनः एमालेले मतदानको समय १ बजेलाई सारेको हो ।

    एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले दिउँसो १ बजेबाट मतदान सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए। उनको अनुसार मतदान पार्टी कार्यालय च्यासलमा हुने छ। 

    अध्यक्षका लागि अब दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ।  तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। 

    केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्।  अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।

    उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट