Sep 20 2024 | २०८१, असोज ४ गते

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

    images
    images

    सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । 

    हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौपानेको दाबी छ । तर सहजरुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन् ।

    हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवतपमा प्रस्ताव पेस गर्न आग्रह गरे । उनले आफूले तीनवर्षे कार्यकालका लागि सपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट