Aug 11 2026 | २०८३, साउन २६ गते

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
  • नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन

    वीरगञ्ज । ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । 

    images

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख  १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउदैँ हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन ।  

    नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए। ‘‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’’ उनले भने ,‘‘क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुनेबित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’’

    मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै ल्याथ ल्याब सञ्चालन गर्ने दावी गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट