Sep 20 2024 | २०८१, असोज ४ गते

चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन स्वास्थ्यमन्त्रीको आग्रह

चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन स्वास्थ्यमन्त्रीको आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन स्वास्थ्यमन्त्रीको आग्रह

     काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । उनले स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा सरकार लागि परेको भन्दै आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेका हुन् । 

    images
    images

    मन्त्री बस्नेतले चिकित्सकको दरबन्दी थप गर्ने विषय अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । आज शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले भने, ''दरबन्दीको विषयलाई उठान गरेको छ । नजिक पुगेको छ । प्रधानमन्त्री कन्भेन्स हुनुभएको छ। अन्तिम अवस्थामा पुगेको छ ।''

    सुर्तीबाट उठेको कर दरबन्दी र बिरामीको उपचारमा खर्च गर्नुपर्ने उनले बताए । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन बनेपछि राम्रो काम भए पनि कमजोरी रहेको बताए ।

    ''ऐन बनेपछि केही राम्रो पक्ष भएको छ । तर केही वर्षमा नर्स खोज्नु पर्ने दिन आउँछ । ऐनमा जे कमजोरी भएको छ । क्याबिनेटमा पनि उठाएको छु । प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य र शिक्षा मन्त्रालयसँग छलफल गर्छु भन्नुभएको छ'' उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट