Sep 20 2024 | २०८१, असोज ४ गते

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

    काठमाडौँ । टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो ।

    images
    images

    टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए।

    “हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौँ”, उनले भने । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उनले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा जोड दिए ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताए । उनले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गरे। 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।

    टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ ।

    आजदेखि सुरु भएको कर सप्ताहमा आज बिहान प्रभातफेरी गरिएको थियो । आगामी असोज २० गतेसम्म चल्ने कर सप्ताहमा करसम्बन्धी लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए।

    कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गरिनेछ । टोखा नगरपालिकामा ११ वडा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट