Sep 20 2024 | २०८१, असोज ४ गते

पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्नका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक आइतबार मध्यान्हमा बस्न लागेको हो।

    images
    images

    शनिबार पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको थियो। प्रधानमन्त्रीको सचिवालयले नेपाल आयल निगमले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर पछिल्लो निर्णय नलिएको जनाएको छ। सचिवालयले यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ।

    पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धिदरलाई लिएर चौतर्फी सरकारको आलोचना भइरहेको छ। यसैगरी, मन्त्रिपरिदष बैठकले अवैध सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठन गर्नेबारे पनि छलफल गर्ने बताइएको छ। आज बिहान बसेको दलहरूको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट