Sep 20 2024 | २०८१, असोज ४ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्रीले सदनलाई गराए जानकारी 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्रीले सदनलाई गराए जानकारी 

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्रीले सदनलाई गराए जानकारी 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराएका छन् ।

    images
    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गर्ने निर्णय भएको जानकारी गराए ।  यस्तै वर्तमान चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि मूल्य वृद्धि फिर्ता गर्न आफूले नेपाल आयल निगमलाई निर्देशन दिएको बताए । 

    प्रधानमन्त्री प्रचण्डले आयल निगमले मूल्यवृद्धि गर्दै गरेको कुरा आफ्नो जानकारीमा नभएको र प्रधानमन्त्री या सम्बन्धित मन्त्रालयको निर्णयभन्दा पनि केही महिना पहिला आयल निगमले ऋण तिर्दै बिस्तारै नाफातिर गइरहेको अवस्थामा अटोमेसनमा मूल्य बढाएको तर जनताको भावना विपरीत रहेको बताए । अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट