Sep 20 2024 | २०८१, असोज ४ गते

आजको मौसम : दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने 

आजको मौसम : दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • आजको मौसम : दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने 

    काठमाडौँ । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो ।

    images
    images

    तर, यसमा एकरदुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् ।  यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ ।

    अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुई/तीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

    ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो। 

    यस्तै, आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालका यसपालि गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट