Nov 25 2024 | २०८१, मंसिर १० गते

images

३० वर्षे शासनकालमा जंगबहादुरले गरेका २९ वटा उत्कृस्ट काम के के हुन त? (भिडियोसहित)

३० वर्षे शासनकालमा जंगबहादुरले गरेका २९ वटा उत्कृस्ट काम के के हुन त? (भिडियोसहित)

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • ३० वर्षे शासनकालमा जंगबहादुरले गरेका २९ वटा उत्कृस्ट काम के के हुन त? (भिडियोसहित)

    काठमाडौँ । शुरुवातमा, ३० वर्षे शासनकालमा जंगबहादुरले  गरेका २९ वटा उत्कृस्ट कामको चर्चा गरौँ।
    १.दरबारभित्र निरन्तर चलिरहने षड्यन्त्र तथा सत्ता संघर्षलाई शिथिल तुल्याउँदै राजनीतिक स्थिरता पैदा गर्न सफल भएका थिए यो उनको पहिलो काम थियो ।

    images
    images
    images

    २.दोस्रो काममा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका रुपमा चिनिने पहिले गुमेको तराईका भू–भाग सन् १८६० मा कूटनीतिक कौशल मार्फत फिर्ता ल्याउन उनि सफल।

    ३.नेपाली सेनाको आधुनीकरण गरे  ।

    ४.देशमा पहिलो पटक छापाखाना प्रयोगमा ल्याए । जुन गिद्दे प्रेसका रुपमा इतिहासमा आजपनि दर्ज छ ।

    ५.देशमा पहिलो पटक (विक्रम संवत १९१७) जनगणनाको सुरुवात, पहिलो जनगणनाअनुसार देशको जनसंख्या ५२ लाख ।

    ६.सन् १८६२ देखि पहिलो पटक देशमा नापीको काम सुरु ।

    ७.उनले विक्रम सम्बत् १९२० देखि जन्म र मृत्यु (पञ्जीकरण)को दर्ता गराई तथ्यांक राख्ने कार्यको थालनी  गराए।

    ८.काठमाडौं उपत्यकाभित्र रहेका रेसिडेन्ट (विभिन्न देशका आवासीय दूत)हरुलाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरुलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था (जुन विक्रम संवत १९२१ मा लागु भएको थियो)
     

    ९.जमिनको मालपोत उठाउन मुखिया र चौधरीहरुको व्यवस्था गर्नुका साथै मालपोत नतिरी उपभोग गरिएका जमिन जमिनदारहरुबाट खोसी सुकुम्बासीलाई दिने काम । (तर, अहिले प्रधानमन्त्रीको निवास बालुवाटारकै सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको छ)

    १०.विक्रम संवत १९२२ मा तिब्बततर्फ जाने बाटोका साथै नेपाल अधिराज्यको सर्भे गरी नक्सा बनाउने काम ।

    ११.जनतालाई समयबारे जानकारी गराउन टुँडिखेलमा तोप पड्काएर आवाज सुनाउने कार्यको शुभारम्भ गरे ।

    १२.आफैं अनपढ, तर काठमाडौंको पुस्तकालयलाई समृद्ध बनाउन अंग्रेजी र भारतीय पुस्तकहरु किनेर ल्याउन बजेट व्यवस्था ।

    १३.पहिलोपल्ट लेडिज कोर्टको स्थापना गरी महिलाका निम्ति बेग्लै मञ्च खडा गरिदिएको तर यसले निरन्तरता पाउन सकेन ।

    १४.युरोपियन शैलीका अत्याधुनिक र भव्य महलहरु निर्माण गरी देशको सान बढाउने काम । अहिले पनि अधिकांश प्रशासनिक भवन राणाकालीननै छन् । 

    १५.हाल दलित भनिने कोचेमेचे र साल्मीहरुको हातबाट पानी पिई छुवाछुत हटाउने प्रयत्न । 

    १६.व्यवस्थित रुपमा शिक्षा दिनका निम्ति दरबार परिसरमै भए पनि विद्यालय स्थापना । नेपालको पहिलो स्कुलका रुपमा चिनिने दरबार हाइस्कुलको स्थापना जंगबहादुरबाटै ।

    १७.जनताले भोकभोकै मर्नु नपरोस् भनी देशका विभिन्न स्थानमा धर्मभकारी खडा गरी अन्न संग्रह गराई संकटकालमा खर्च गर्नको निम्ति तोषखाना खडा गरी सुरुमै ११ करोड रुपैयाँ ढुकुटीमा राखियो । र, रकम थप गर्दै जाने व्यवस्था गरियो ।

    १८नेपालमै तोप कारखाना स्थापना ।

    १९.देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन सन् १८६० को अक्टोबरदेखि एक–एक माइलमा सीमास्तम्भ राख्ने कार्यको थालनी गरे। जसलाई जंगेपिलरका रुपमा अहिले पनि चिनिन्छ ।

    २०.वन संरक्षणका लागि काठमाल अड्डा खोली रुख काट्नेहरुलाई सजाय दिने व्यवस्था ।

    २१.–बोक्सीको आरोप लगाउनेहरुलाई दण्ड सजाय दिने व्यवस्था । अहिलेका सासकले जघन्य अपराधमा पनि सजाय गर्न सकेका छैनन् । 

    २२.विफरविरुद्ध खोप लगाउने अभियानको शरुवात गरे ।

    २३.नेपाल बैंक लिमिटेडको मुख्यालय रहेको स्थानमा संसद् भवन निर्माण गराई राष्ट्रहीत र राजनीतिका विषयमा बहस, छलफल एवम् परामर्श गर्ने चलनको सुरुवात गराए ।

    २४.नेपालमा नपाइने जडीबुटीका विरुवा अफगानिस्तानको काबुलदेखि दार्जिलिङसम्मबाट झिकाई नागार्जुन र गोकर्णलगायतका वनजंगलमा लगाउने काम । बिडम्बना अहिले अरबौको औषधि आयात हुन्छ । छिमेकी मुलुक मात्र नभइ मलेसियासम्मबाट काठ आयात ।

    २५.विक्रम संवत १९२४ मा तराईमा भीषण अनिकाल परी जनताले खान नपाएपछि तत्काल तीन लाख रुपैयाँको अन्न भारतबाट आयात गरी सुपथ मूल्यमा विक्री वितरणको व्यवस्था । त्यस वर्षको मालपोत पनि माफी । (अहिले किसानले बाली लगाउँदा मल पाउँदैनन्, बाली उत्पादनपछि मुय पनि पाउदैनन। अहिलेको गणतन्त्रमा विपदमा पीडितको गाँस, बासको टुंगो हुन्न ) । 

    २६.–पूर्व मेचीदेखि पश्चिम डोटीसम्म फराकिलो बाटो (बग्गी हिँड्न मिल्ने गरी)बनाउन र बाटोको दुवैतर्फ रुख लगाउनका लागि विक्रम संवत १९०६ मा तीन लाख रुपैयाँ निकासा । त्यसबेला मोटरकारको आविष्कार भइसकेको थिएन, तथापि राजमार्ग निर्माणको थालनी । (पछि शाही तथा मण्डले कालमा राज्यको रकमबाट एक किलोमिटर बाटो र एक मेगावाट विजुली उत्पादन भएन) ।

    २७.युरोपलगायतका देशहरुको भ्रमण गरी नेपाललाई इन्टरनेशनल एक्स्पोजर दिने काम सानले गरे ।

    २८.मुलुकी ऐन बनाएर कानूनअनुरुप राज्य सञ्जाल गर्न सुरु गरे ।

    २९.राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको रक्षा तथा सम्मानको निमित्त ब्रिटिश भारतसँगको मित्रता सुदृढ तुल्याउने र तिब्बतसित लडाई। तिब्बतीयनले नेपालीलाई कुटपिट गरी लुट्ने र हत्यासमेत गर्ने गरेककोमा नेपालीको रक्षाका निम्ति सन् १८५४ मा तिब्बतसँग लडाई लड्नु परेको ।

    जंगबहादुर साँच्चिकै बाघ थिए भने शेरबहादुर मात्र पेपर टाइगर । २००७ सालदेखि यताका झण्डै ८ दशकभित्र स्थायीरुपमा र सर्वाधिक आलोचित हुने व्यक्ति हुन्, जंगबहादुर राणा नै । उनलाई के–के भनिएन रु तानाशाह, निरंकुश, हत्यारा, षड्यन्त्रकारी, स्वार्थी, परिवारवादी, अविवेकी, विदेशी दलाल, अहंकारी, राष्ट्रिय स्वाभिमानलाई ब्रिटिशको पाउमा सुम्पने, अवसरवादी यस्ता अनेकौं शब्दले चिनाइन्छ, उनलाई ।
     
    तर, इतिहासमा सर्वाधिक आलोचित व्यक्ति जंगबहादुरले देशका लागि के गरेका थिए रु र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिताका पक्षधर आधुनिक एवम् प्रगतिशील नेताहरुले के लछारे रु भनेर बुँदागत समीक्षा पनि हामीले गरेका छौँ ।
     
    अंकगणितीय नम्बर (मुख्तियारसहित) जंगबहादुर १०औँ प्रधानमन्त्री हुन् ।प्रथम त नेपालमा कसलाई प्रधानमन्त्री मान्ने र कसलाई नमान्ने लिपिवद्ध इतिहास छैन ।
     
    २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचजना मुख्तियार (भीमसेन थापा, पण्डित रंगनाथ पौड्याल, पुष्कर शाह, रणजंग पाण्डे र फत्यजंग शाह)लाई प्रधानमन्त्री मानेपछि विवाद झन् बढ्यो । दुई सय वर्ष बढी पूरानो इतिहास हेर्दा नेपालमा ३८ जना व्यक्ति ६४औँ प्रधानमन्त्री बनेका छन्। भीमसेन थापा यताका मुख्तियारलाई प्रधानमन्त्री मान्ने र दोहोरिएकालाई पनि गणना गर्ने हो, भने शेरबहादुर ६३औं प्रधानमन्त्री हुन्। मुख्तियार प्रधानमन्त्री नमान्ने हो भने देउवा ३९ औं प्रधानमन्त्री हुन्।
     
    यिनै राणा शासकहरुले बनाउन लगाएका दरबारमा घुसेर ‘शेरबहादुरहरु’(बहुदलीय हुल)ले जंगबहादुरले छोडेर गएको ऐतिहासिक सम्पति (मुलुकी ऐन, २०२० नवौं संशोधन)समेत ध्वस्त पारिदिए । विदेशी सहयोगमा मुलुकी ऐन विस्थापित गरेर मुलुकी संहिता स्थापित गरियो ।
    अहिलेका प्रधानमंत्री पुष्पकमल दाहालले पनि राजनितिक जग खडा गर्न  हजारौं निर्दोष नेपालीको हत्या गरेको आरोप खेपिरहेका छन् । तीन पटक मुलुकको कार्यकारी भएर पनि उनले त्यो पाप पखाल्न सकेनन्। उनलाइ आन्तरिक एकता, सद्भाव र अनुशासन तोडी देश विघटनको जग हालेर राष्ट्रलाई धोखा दिएको आरोप लगाइने गरिएको छ ।
     
    शेरबहादुर ५ पटक प्रधानमन्त्री भैसक्दा पनि उनले आफ्नो निधारमा लागेको कलंकको टिका हटाउन सकेका छैनन् । महाकाली सन्धिदेखि पञ्चेश्वरसम्म आइपुग्दा उनले ५ पल्ट कार्यकारीको जागिर खाए, र पनि जनताको बिचमा कलंकको टिको मेटाउन सकेनन् । उल्टै महँगीको भुंग्रोमा नागरिकलाई पुर्याई आफनै पार्टीमा एकलौटी राज गरेको आरोप खेपिरहेका छन्। 
    महाकाली सन्धिको फड्के साक्षी केपी शर्मा ओली समेत दुई पल्ट प्रधानमन्त्री भइसके । हावादारी गफ दिँदै हिँड्ने उनी झण्डै

    प्रजातन्त्र नै सिध्याउन आँटेका थिए । तै विसेक मुलुक पशुपतिनाथको कृपाले घिस्रिरहेको छ । हिजो विदेशीलाई धान बेच्ने देशको हालत आजसम्म आइपुग्दा थोर बहुत् सबै प्रमुख राजिनिक दल उत्तिकै जिम्मेवार छन् । धेरैलाई पत्यार नलाग्न सक्छ। १५–२० वर्षअघि मात्रै पनि नेपालबाट धान–चामल विदेश जान्थ्यो।

    सरकारी स्वामित्वको ‘नेपाल धान–चामल निर्यात कम्पनी’ थियो, मुलुकमा । र, यहि नेपाल सरकार हो, स्वदेशभित्र कति चाहिन्छ निर्क्यौल गरी बचेको धान–चामल  भारत, बंगलादेशदेखि अमेरिकासम्म निर्यात गर्ने । अहिले त्यो कम्पनीको अवशेष नै बाँकी छैन। जनता आजित भैसकेका छन् कि राजनीत सुध्रनु पर्यो होइन भने देशको बिरासत दाउमा लगाउन पाइदैन । प्रसंग जंगबहादुर, शेरबहादुर भएता पनि देश यो अवस्थामा पुर्याउने दोषको भागिदार प्रमुख राजनीतिक दल सबैले लिनुपर्छ भन्छन जनता ! 

    भिडियो :

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार