Sep 20 2024 | २०८१, असोज ४ गते

नेसनल पेमेन्ट गेटवेमा अनियमितता गरेको भन्दै सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेसनल पेमेन्ट गेटवेमा अनियमितता गरेको भन्दै सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • नेसनल पेमेन्ट गेटवेमा अनियमितता गरेको भन्दै सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालायका सचिव मधु कुमार मरासनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सचिव मरासनीसहित ९ जनाविरुद्ध आज विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मु्द्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

    images
    images

    अनुसन्धानको क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले केन्द्रका तत्कालीन अध्यक्ष शर्मा, कार्यकारी निर्देशक उपाध्याय, केन्द्रका उपकार्यकारी निर्देशकसमेत रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालयको बजेट महाशाखाका तत्कालीन प्रमुख मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीहरुको मिलेमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिदका लागि २५ करोड बजेट निकासी गरिदिएका थिए ।

    नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा बजेट प्रविष्टिका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्यसमेत नगरिएको र त्यसबारे आफू मातहत तथा माथिल्लो निकायलाई जानकारी समेत नदिइएको अख्तियारको ठहर छ ।

    नेसनल पेमेन्ट गेटवेमा अनियमितता भएको उजुरीको आधारमा छानबिन गर्दा उनीहरूले २३ करोड अनियमितता गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट