Sep 20 2024 | २०८१, असोज ४ गते

सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड

सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड

    वीरेन्द्रनगर । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको  मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

    images
    images

    अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका छन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

    सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । ‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो । उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने ।

    मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए । एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् ।

    एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट