Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारले बिर्सेको कुरा सदनमा पटक-पटक उठाउँदा लाज लागेको छ : असिम शाह

सरकारले बिर्सेको कुरा सदनमा पटक-पटक उठाउँदा लाज लागेको छ : असिम शाह

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
  • सरकारले बिर्सेको कुरा सदनमा पटक-पटक उठाउँदा लाज लागेको छ : असिम शाह

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिर्सेको बताएका छन् ।

    images
    images

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीहरूलाई सरकारले आश्वासन दिएको तर पुरस्कार रकम भने नदिएको बताएका हुन् । 

    ‘आज पनि क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । तर, सरकारले पुरस्कार दिन बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक(पटक उठाउँदा लाज लागेको छ,’ उनले भने ।

    प्रधानमन्त्रीले दिन्छु भनेर भने पनि खेलाडीले नपाएकोमा उनले ध्यानाकर्षण गराए । ‘खेलाडीको पुरस्कार रकम १७ लाख पुगिसकेको छ । तर, सरकारले २ रुपैयाँ पनि खेलाडीलाई दिएको छैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट