Sep 20 2024 | २०८१, असोज ४ गते

रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरू गरिन् अनशन

रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरू गरिन् अनशन

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
  • रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरू गरिन् अनशन

    काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेकी छन्। भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन्। न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ।

    images
    images

    कैद मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध उनी अनशन बसेकी हुन्। रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ।

    संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए। भारतीले राष्ट्रपति पौडेलको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गराएकी छन्।

    रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

    हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

    रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट