Sep 20 2024 | २०८१, असोज ४ गते

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
  • तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

    दमौली ।  तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । 

    images
    images

    जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ । 

    उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट