Sep 20 2024 | २०८१, असोज ४ गते

यति एयरलाईन्स दुर्घटनाको अन्तिम प्रतिबेदन मस्यौदा मन्त्री किराँतीलाई बुझाइयो, अब के हुन्छ ?

यति एयरलाईन्स दुर्घटनाको अन्तिम प्रतिबेदन मस्यौदा मन्त्री किराँतीलाई बुझाइयो, अब के हुन्छ ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • यति एयरलाईन्स दुर्घटनाको अन्तिम प्रतिबेदन मस्यौदा मन्त्री किराँतीलाई बुझाइयो, अब के हुन्छ ?

    काठमाडौँ ।  हवाई सुरक्षाको विषयलाई हरेक देशले उच्च प्राथमिकतामा राख्ने गरेका छन् । नेपाली आकास किन असुरक्षित बन्दैछ त ? सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित नतिजा देख्न सकिएको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण आउनुको  साटो दुर्घटनाको सङ्ख्या भने झन् झन् बढ्दो छ ।  नेपालमा अहिलेसम्म भएका केहि हवाई दुर्घटनाको पृष्ठभुमि केलाउने प्रयास गरौँ ।

    images
    images

    गएको बर्ष अर्थात् वि.सं. २०७९ माघ १ गतेका दिन भएको यति एयरलाइन्सको दुर्घटनाबाटनै प्रारम्भ गरौँ । यस एयरलाइन्सको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज उडान सञ्चालन गर्ने एटिआर ७२-५०० विमान सेतीगण्डकी नदी किनारमा पोखरामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। एयरलाइन्स काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका लागि सञ्चालन गर्दै आइरहेको एक आन्तरिक यात्रुवाहक उडान थियो। मानवीय क्षतिको हिसाबले यो विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । मानवीय क्षति हुने गरी नेपाली आकाशमा भएको यो ६५ औं ठुलो दुर्घटना थियो  । 

    हालै सञ्चालनमा आएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापकको भनाइ छ ।

    यसअघि नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए तुरुन्तै जानकारी पनि  दिन्छ । 

    सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना पनि आफैमा ठूलो हो । अहिलेसम्म नेपाली आकाशमा बिमान दुर्घटनाकै कारण ९०८ जनाले ज्यान गुमाइसकेका छन् ।  

    सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गर्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

    आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे हुन् । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनीयर एकराजजङ थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

    आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

    कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण  गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । 

    यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।

    दुर्घटनाको एक महिनापछि नै सार्वजनिक गरेको प्रारम्भिक प्रतिबेदन अनुसार इन्जिनमा अचानक पावर आउन छाडेपछि दुर्घटना भएको  भनि उल्लेख गरिएको थियो । आयोगले अहिले ८ महिना पछि आएर बल्ल अन्तिम प्रतिवेदनको मस्यौदा  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको छ। यसलेनै प्रस्ट हुन्छकी  हाम्रा आयोग कस्ता छन् र काम गर्ने प्रणाली कस्ता छन् बुझ्न कठिन छैन । 

    अन्तरास्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्ड बमोजिम ६० दिनको समय दिएर सम्बद मुलुक वा निकायलाई उक्त मस्यौदाको प्रतिबेदन प्रतिक्रियाको लागि पठाइने र अप्रतिक्रिया प्राप्त भए पश्चात सम्बन्धित निकाय तथा सर्बसाधारण समेतको जानकारीको लागि यो प्रतिबेदन सार्वजनिक गर्ने जनाएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार यस्तो  दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव धेरै पटक धेरैले दिए र पनि प्रगती सुन्य प्राय छ ।

    नेपालका केहि हवाई दुर्घटनाका इतिहास हेरौं, पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।
    यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै

    पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्यो र एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।

    सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

    सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला  एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।  यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो । 

    हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन । सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

    काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो । 

    नेपालमा दर्ता भएर उडान अनुमति पाएका ठूला वाइडबडी जहाजभन्दा स–साना जहाजहरु  अधिकांश पहाडी विमानस्थलमा ल्यान्ड गर्ने बेला, एप्रोच गर्ने बेला तथा उडान गर्ने बेला दुर्घटनाग्रस्त हुने गरेको बुझिन्छ । ​अग्ला पहाड र खोचमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ । भिजिबल फ्लाइट रूट को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेको यो क्षेत्रका बिज्ञहरु बताउँछन  । 
    नेपाली आकाश सुरक्षित बनाउन भए गरेका प्रयास काफी त छदै छैनन् । यसकारण पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको बिस्वस्नियता कायमै राख्नको लागि सरकारले गम्भीर भएर सोच्न चाहिँ जरुरी छ । यो सिरियस म्याटर हो भन्ने नागरिकको बुझाइ छ ।

    भिडियो पनि:

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट