Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रियसभा बैठक : बजार अनुगमन  गर्न सांसदको माग

राष्ट्रियसभा बैठक : बजार अनुगमन  गर्न सांसदको माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • राष्ट्रियसभा बैठक : बजार अनुगमन  गर्न सांसदको माग

    काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ । 

    images
    images

    आजको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएको छ ।” चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए । 

    सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइत भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, “भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ ? यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट