Dec 04 2024 | २०८१, मंसिर १९ गते

images

उत्तेजित अभिव्यक्ति दिएको आरोपमा धर्मगुरु श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा 

उत्तेजित अभिव्यक्ति दिएको आरोपमा धर्मगुरु श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • उत्तेजित अभिव्यक्ति दिएको आरोपमा धर्मगुरु श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा 

    जनकपुरधाम ।  विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा उत्तेजित अभिव्यक्ति दिएको आरोपमा मुद्दा दर्ता भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

    असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।

    यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार