Sep 28 2024 | २०८१, असोज १२ गते

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
  • नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

    काठमाडौँ । फूटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ ।
          
    आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
           
    छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताए । खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ । 

    images
    images

    खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु तीन सय र भिआइपी पाराफिटतर्फ रु पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ । सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार