इजरालयमा हुने सबै खेल सारियो
इजरालयमा हुने सबै खेल सारियो
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले इजरालयमा हुने सबै खेल अर्को सूचना नआउँदासम्मका लागि सारेको छ । यूईएफएले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा हुने तालिका रहेको सबै खेलहरु जारी युद्धका कारण सारिएको बताएको छ ।
इजरायलमा युरोपियन छनोट–२०२४ अन्तर्गत स्विट्जरल्यान्ड र इस्टोनिया, युरोपियन यू–१९ च्याम्पियनसिप–२०२५ अन्तर्गत इस्टोनिया र जर्मनीले तथा युरोपियन यू–१७ च्याम्पियनसिपअन्तर्गत बेल्जियम, जिब्राल्टर र वेल्सले खेल्ने तालिका थियो ।
इजरायलमा स्विट्जरल्यान्ड र इस्टोनियाले अक्टोबर १२ मा, जर्मनीले अक्टोबर १७ मा र ११ अक्टोबरदेखि १७ अक्टोबरसम्म बेल्जियम, जिब्राल्टर र वेल्सले खेल्ने तय भएको थियो ।
आइतबार गाजापट्टीको सशस्त्र समूह हमासले अप्रत्यासित आक्रमण गरेपछि इजरायलले ‘स्टेट अफ वार’को घोषणा गरेको छ । त्यसयता, इजरायली सैनिकले हमासविरुद्ध निरन्तर प्रतिआक्रमण गरिरहेका छन् ।